Butwal Today

उच्च अदालत बुटवलमा नागरिक सहायता कक्ष

२३ माघ २०८२, शुक्रबार
अ+
अ-

बुटवल ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा सेवाग्राहीहरूको सहजताको लागि विशेष सुविधा सहितको नागरिक सहायता कक्ष स्थापना गरिएको छ ।

अधिकृत स्तरका कर्मचारीले सहायता आवश्यक पर्ने कर्मचारीहरूको लागि सहजता प्रदान गर्ने गरी सहायता कक्ष स्थापना गरिएको हो । नागरिक सहायता कक्षको एक विशेष कार्यक्रमका बिचमा उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायाधीश बासुदेव आचार्यले शुभारम्भ गरेका हुन ।

कार्यक्रममा अदालतका रजिष्ट्रार कर्मचारी सहित उच्च अदालत एसोसिएसन अध्यक्ष गोविन्द मरासीनी, उच्च सरकारी वकिल कार्यालय बुटवलका प्मुख सन्देश श्रेष्ठ सहित सेवाग्राहीहरूको सहभागिता रहेको थियो ।

उच्च अदालत तुलसीपुर बुटवल इजलासका सूचना अधिकारी धिरेन्द्र कुमार सुवेदीका अनुसार नागरिक सहायता कक्षमा अलमलमा परेका सेवाग्राहीहरूलाई सेवा प्रवाहमा सहजीकरण गर्ने, इजलास शाख तथा फाँटबाट हुने काममा सहजीकरण गर्ने शारीरिक रूपमा असमर्थ भएका व्यक्तिहरूको लागि सहायता दिने गरी छ ।

यस्तै अदालतको सेवा प्रवाहलाई चुस्त दुरुस्त प्रभावकारी गराई जनआस्था प्रवर्द्धन गर्न सघाउ पुग्ने विश्वास समेत लिइएको सूचना अधिकारी सुवेदीले जानकारी दिए ।