Butwal Today
समाचार अपडेट

बैतडी बस दुर्घटनामा मृतकको संख्या १३ पुग्यो

२३ माघ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं ।

बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ भने ३४ जना घाइते भएका छन् ।

पुर्चौडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा गएराति बस दुर्घटनामा परेको हो ।

दुर्घटनामा १३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले जानकारी दिए ।

घाइतेहरूमध्ये २५ जनाको डडेलधुरामा र ४ जनाको बझाङस्थित देउलेकमा उपचार भइरहेको छ । थप उपचारका लागि ५ जनालाई धनगढी रिफर गरिएको उनले बताए ।

बस चालक वीरेन्द्र बुढालाई प्रहरीले नियन्त्रणमा लिएर घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ ।

बेहुला–बेहुली भने अर्को गाडीमा सवार रहेकाले सकुशल रहेको प्रहरीले जानकारी दिएको छ ।