© 2026
बुटवल । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) रुपन्देही र थाइरो ल्याव बुटवल बिच ल्याव परीक्षण सम्झौता भएको छ । इक्यान रुपन्देहीमा आबद्द संघका सदस्य , कर्मचारी र परिवारजनका साथै विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउनका लागि सम्पुर्ण ल्याव रगत, खकार, दिशापिसाव र अन्य जाँचहरुमा विशेष छुट हुने सम्झौता भएको छ ।
विहिबार बुटवलमा एक समारोहको आयोजना गरी दुबै पक्षले हस्ताक्षर गरे । थाइरो ल्याव बुटवलका तर्फबाट प्रवन्ध निर्देशक दिपु केसी र इक्यानका तर्फबाट अध्यक्ष गोविन्द बस्नेतले हस्ताक्षर गरे ।
सम्झौता पत्रमा इक्यान रुपन्देहीका सदस्य र परिवारका सदस्यहरुका लागि सामान्य प्रयोगशाला परीक्षणहरुमा ३० प्रतिशत, उन्नत प्रयोगशाला परीक्षणहरुमा २५ प्रतिशत, हिस्टोपाथोलोजी परीक्षणहरुमा २० प्रतिशत र आउटसोर्स प्रयोगशाला परीक्षणहरुमा १० प्रतिशत छुट हुने उल्लेख गरिएको छ ।
यसैगरी इक्यान रुपन्देहीका कर्मचारी तथा परिवारका लागि सामान्य प्रयोगशाला परीक्षणहरुमा २५ प्रतिशत, उन्नत प्रयोगशाला परीक्षणहरुमा २० प्रतिशत, हिस्टोपाथोलोजी परीक्षणहरुमा १५ प्रतिशत र आउटसोर्स प्रयोगशाला परीक्षणहरुमा ५ प्रतिशत छुट हुने उल्लेख गरिएको छ ।
सम्झौता पत्रमा हस्ताक्षर गर्दे इक्यान रुपन्देही अध्यक्ष गोविन्द बस्नेतले ल्याव परिक्षण सम्झौताले संघका सदस्य , कर्मचारी र परिवारजनका साथै विदेशमा अध्ययनका लागि जान चाहने विद्यार्थीहरुलाई स्वास्थ्य उपचारमा सहजता ल्याउने बताए ।
यसै गरी ल्यावका प्रवन्ध निर्देशक दिपु केसीले सवै सेवा सुविधा थाइरो ल्यावमा उपलब्ध हुने भएकोले बिरामीलाई महंगो शुल्क तिरेर प्रयोगशाला परीक्षण गर्ने काठमाडौं जान नपर्ने बताए । नयाँ व्यवस्थापनमा सञ्चालन गरिएको उक्त ल्यावको स्तर बृद्धिसंगै टच प्रोफाईल सुरु गरिएको उनले बताए ।
नयाँ व्यवस्थापनसहित सञ्चालित थाइरोले आफ्ना सेवाहरुलाई समेत विशिष्टिकृत गर्दै अगाडि बढेको ल्याव ईञ्चार्ज अमृत सापकोटाले जानकारी दिए ।