© 2026
बुटवल । रुपन्देहीका अग्रज पत्रकार दिलीप भट्टराईको निधन भएको छ। केही दिनअघि मस्तिष्कघात भएपछि भैरहवा स्थित सिटी अस्पतालमा सल्यक्रिया गरेका भट्टराईको अवस्था थप जटिल बनेपछि काठमाण्डौ लगिएको थियो। काठमाण्डौ स्थित मेडिसिटी अस्पतालमा एकसातादेखि उपचार भैरहेकोमा आज अपरान्ह भट्टराईको निधन भएको पारिवारिक श्रोतले बताएको छ।
लामो समयदेखि भैरहवामा रहेर पत्रकारिता गरेका भट्टराईले पञ्चायतकालमा भैरहवाबाट विमर्श पत्रिकामा रिपोर्टिङ्ग गर्नुका साथै जनआन्दोलनका समाचार अन्तराष्ट्रिय मिडियामा सम्प्रेषण गरेर चर्चा कमाएका थिए।
लामो समय पत्रकारितामा सक्रिय भट्टराईले पछिल्लो समय क्यान्सरविरुद्ध विभिन्न अभियान चलाउदै आएका थिए। भटराईको शुक्रबार भैरहवा स्थित स्वर्गद्धारीघाटमा अन्तेष्टि गरिने बताईएको छ।