Butwal Today

व्यापार संघमा सूचना प्रविधि वस्तुगत उपसमिति गठन

२२ माघ २०८२, बिहीबार
अ+
अ-

बुटवल । रुपन्देही व्यापार संघले आबद्ध सूचना प्रविधि व्यवसायीहरुको भेलाबाट सूचना प्रविधि वस्तुगत समिति गठन गरेको छ।
संघको सचिवालयमा सम्पन्न उक्त भेलाले वासुदेव शर्माको संयोजकत्वमा सूचना प्रविधि वस्तुगत उपसमिति गठन गरेको छ।

उपसमितिको सचिवमा ईपल भण्डारी, कोषाध्यक्षमा संजोक ज्ञवाली, सदस्यमा निर्मल पाण्डे, विवेक न्यौपाने र सल्लाहकारमा रितेश ज्ञवाली, विष्णुप्रसाद गौतम रहेका छन्।
भेलामा बोल्दै कार्यक्रमका संघका वरिष्ठ उपाध्यक्ष दयानिधि भण्डारीले संघका उपसमितिहरुले रुपन्देही व्यापार संघको मेरुदण्डको रुपमा जिम्मेवारी वहन गर्न अनुरोध गरे।

कार्यक्रममा संघका सह–सचिव एवं वस्तुगत उपसमितिका संयोजक नलराज नेपालले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पारेका थिए भने कार्यक्रममा नवनिर्वाचित संयोजक वासुदेव शर्माले आफ्नो कार्यकालमा रचनात्मक क्रियाकलापहरु, सूचना प्रविधि व्यवसायीहरु एकुजट भई व्यावसायिक गतिविधिहरुमार्फत् संघलाई थप उचाईमा पुर्‍याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

भेलामा संघका महासचिव प्रकाशराज पौडेल, सचिव जयलाल न्यौपाने, कार्यसमिति सदस्य केदारनाथ नेपाल, प्रेमनाथ पाण्डे, सल्लाहकार मुकुन्द ज्ञवाली, पूर्व कार्यसमिति सदस्य रितेश ज्ञवाली, कार्यसमिति सदस्य विनित भट्टराईलगायतले व्यवसायमा विभिन्न कारणले समस्याहरु बढ्दै गएको जिकिर गर्दै व्यवसायीहरुले आफ्‌ना समस्याहरु वस्तुगत उपसमितिमार्फत संघमा ल्याउन सुझाव दिए।