Butwal Today

बैतडीमा जन्तीबस दुर्घटना हुँदा ६ जनाको मृत्यु

२२ माघ २०८२, बिहीबार
अ+
अ-

बैतडी । बैतडीमा भएको जन्तीबस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ। ६ जनाको मृत्यु भएको र ४५ जना घाइते भएको बैतडीका प्रहरी प्रमुख डिएसपी दिपककुमार रायले जानकारी दिए।

रायका अनुसार चार जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। उनीहरूमध्ये चार जनाको पहिचान खुलेको प्रहरीले जनाएको छ।

बझाङको बित्तडचिर गाउँपालिका -७ का ४० वर्षीय केशवराज जोशी, सोही ठाउँका १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय वसन्त जोशी र केदारस्यूँ गाउँपालिकका ६० वर्षीय मोहनदेव भट्टको सनाखत भएको डिएसपी रायले बताए। ‘मृतक अरू दुई जना पुरूषको भने सनाखत भइसकेको छैन,’ उनले भने।

४५ जना घाइतेको उद्धार गरी उपचारका लागि पुर्चौंडी पाटेल स्वास्थ्य चौकीमा पुर्‍याइएको डिएसपी रायले बताए।