Butwal Today

सुनचाँदीको मूल्य फेरि बढ्यो

२१ माघ २०८२, बुधबार
अ+
अ-
काठमाडौँ, २१ माघ ।
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य फेरि बढेको छ । मङ्गलबारको तुलनामा दुवै धातुको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य  रु. तीन लाख चार हजार ७०० र  त्यति नै परिमाणको चाँदीको मूल्य रु. पाँच हजार ६०० कायम भएको छ ।  मङ्गलबार एक तोला छापावाल सुनको मूल्य दुई लाख ९० हजार ३०० र  त्यति नै परिमाणको चाँदीको मोल रु. पाँच हजार ३३५ कायम भएको थियो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ५८ र त्यति नै परिमाणको सेतो धातु ८८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।  रासस