© 2026
नवलपरासी-बर्दघाट ।
उद्योग व्यापार सङ्घ बर्दघाटको आयोजनामा सञ्चालन भइरहेको प्रथम बर्दघाट एक्स्पो २०८२ अन्तर्गत “समग्र विकासमा निजी क्षेत्रको भूमिका : नवलपरासीको विकास सम्भावना” विषयक प्यानल छलफल कार्यक्रम आयोजना हुने भएको छ ।
कार्यक्रम माघ २२ गते बिहीबार, बिहान ११:०० देखि १ बजेसम्म बर्दघाट एक्स्पो स्थलमा सञ्चालन हुने आयोजकले जनाएको छ ।
प्यानल छलफलमा नबिल बैङ्कका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोज ज्ञवाली, जेसीआई ग्लोबलकी नेपालबाट उपाध्यक्ष रजनी थापा, तथा पैँचोका सिइओ केशव न्यौपाने प्यानलिस्टको रूपमा सहभागी रहने छन्।
छलफल कार्यक्रमको सहजीकरण (मोडरेटर) वरिष्ठ अर्थविद् डा. सञ्जीव हुमागाईंले गर्नेछन् । स्थानीय उद्योग, व्यापार, लगानीको सम्भावना तथा निजी क्षेत्रको भूमिकामार्फत नवलपरासीको समग्र विकासका विषयमा केन्द्रित रही छलफल गरिने आयोजक उद्योग व्यापार सङ्घ बर्दघाटले जनाएको छ।
एक्स्पोमार्फत स्थानीय उत्पादन, उद्यमशीलता र आर्थिक विकासलाई प्रवर्द्धन गर्ने उद्देश्य लिइएको छ ।