© 2026
काठमाडौँ ।
पाकिस्तानको सुरक्षा बलले दक्षिण ( पश्चिमी प्रान्त बलुचिस्तानमा समन्वित आतङ्कवादी आक्रमणलाई विफल तुल्याउँदा कम्तीमा १४५ जना आतङ्ककारी १७ सुरक्षाकर्मी र ३१ जना सर्वसाधारणको ४० घण्टाको अवधिमा मृत्यु भएको बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले बताए ।
बलुचिस्तानका मुख्यमन्त्री बुगतीले क्वेट्टामा पत्रकार सम्मेलनमा प्रान्त भरका विभिन्न स्थानमा आतङ्कवाद विरोधी अभियान र आतङ्कवादी आक्रमणका क्रममा उक्त हताहत भएको पुष्टि गरेका हुन्।
प्रतिबन्धित बलुचिस्तान लिबरेसन आर्मीले प्रान्त भरि धेरै आक्रमण गरेको उल्लेख गर्दै सुरक्षा फौजले तत्काल र निर्णायक प्रतिक्रिया दिएको उनले बताए ।
बुगतीले यस घटनालाई पाकिस्तानले आतङ्कवाद विरुद्ध चलाएको युद्ध पछि यति छोटो अवधिमा रेकर्ड गरिएको सबै भन्दा धेरै आतङ्कवादी हताहत भएको बताएका छन् ।
यसै बिच रक्षामन्त्री ख्वाजा आसिफले आक्रमण पछि बलुचिस्तानमा पुनः शान्ति पुनर्स्थापित भइसकेको उल्लेख गर्दै र सुरक्षा बलले बाँकी खतराहरू हटाउन “मोपिङ अप” अपरेसन गरिरहेको बताए ।