Butwal Today

बालेनसँगै अछाम गएका पत्रकार सिटौलाको निधन

१८ माघ २०८२, आइतबार
अ+
अ-

काठमाडौं- पत्रकार दिनेश सिटौलाको निधन भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहसँग अछाममा गएका उनी बेहोस भएपछि सेनाको हेलिकोप्टरबाट काठमाडौं उपचारका लागि ल्याइएको थियो।

उनलाई एन्यूरिज्म रप्चर (ब्रेन ह्यामरेजको एक रुप) बाट पीडित थिए। शुक्रबार काठमाडौं ल्याएर ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेकोमा चिकित्सकले आज १२ः४५ बजे मृत घोषणा गरेका हुन् ।