© 2026
कतार ।
दोहा— कतारमा पहिलो पटक संस्थागत रूपमा स्थापना भएको खोटाङ सेवा समाज कतारले आफ्नो “२९औँ वार्षिकोत्सव” भव्यता साथ मनाएको छ ।
शुक्रबार सनैयामा अवस्थित फूलबारी रेस्टुरेन्टको सभा हलमा समाजका अध्यक्ष डिल्लीशेर खड्का तथा संरक्षक समिति संयोजक प्रेमप्रसाद भट्टराईको उपस्थितिमा शुभकामना आदान–प्रदानसहित विविध सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको हो ।
कार्यक्रममा करिब एक दर्जन कलाकारहरूले पूर्वेली पहिचान झल्किने सामूहिक एकल, तथा सामूहिक नृत्य र गायन प्रस्तुत गरेका थिए ।
कतारमा रहेर निरन्तर साहित्य साधनामा जुटिरहेका साहित्यकार राजिब दाहाल, सिताराम थापा,चक्र कार्की, शोभाराम ओलीले गजल कविता वाचन समेत गरेका थिए ।
कार्यक्रमको मुख्य आकर्षकका रूपमा रहेका कवि तथा गजलकार महेश्वर पन्त “आमा एक पोल्टा घाम पठाइदेऊ” नामक कविता वाचन गर्दै स्टेज चढे, उनले आमा, मलाई दुखेको बेला रुने त तिमी हौ, “जिन्दगी” पर्खिबसे दोधारमा,मान्छे मरेको हेर्न कसलाई रहर हुन्छ, भन्ने गजल वाचन गरे ।
प्रमुख अतिथि भट्टराईले आफ्नो मन्तव्य बोल्दै साहित्यिक उर्वरको भूमि रहेको खोटाङ सेवा समाज कतारको “२९ औँ स्थापना दिवसको अवसरमा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरेर अमेरिका देखि कतार सम्म आएर कार्यक्रमलाई सौहार्दपूर्ण रूपमा भव्य बनाइदिने कवि तथा गजलकार महेश्वर पन्त र शारदा पन्तलाई विशेष धन्यवाद व्यक्त गरे ।
सभापति खड्काले कार्यक्रमलाई समापन गर्दै प्रवासमा रहेका खोटाङेलीहरूलाई एकतामा बाँधेर दुःख सुखमा साथ दिने संस्थाको मानवीय पक्ष र आफ्नो उद्देश्य रहेको बताए ।