© 2026
दाङ ,१८ माघ ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान अस्पताल दाङमा क्यान्सर उपचार सुरु हुने भएको छ ।
प्रतिष्ठान र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालबिच आइतबार सम्झौता सम्पन्न भएको हो । प्रतिष्ठानका निमित्त उपकुलपति तथा रजिस्ट्रार प्रा. श्याम लम्साल र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलबिच क्यान्सर उपचार गर्ने गरि सेवा विस्तारसँगै जनशक्ति आदान प्रदान गर्ने सम्झौता भएको हो । प्रतिष्ठानका निमित्त डिन प्रा.डा. रमेश कँडेल र क्यान्सर अस्पतालका सह निर्देशक डा. उमेश नेपालको रोहबरमा यो सम्झौता भएको हो ।
क्यान्सर उपचारका लागि दाङमा हालसम्म व्यवस्था नभएकाले यो सम्झौता कार्यान्वयनमा आएपछि साबिक राप्ती अञ्चल लगायत पश्चिम नेपालमा सेवा बिस्तारमा थप सहयोग मिल्ने र नागरिकलाई घर आँगनकै अस्पतालबाट उपचार लिन पाउने प्रा. लम्सालले बताए ।
क्यान्सर उपचार जिल्लामा नहुँदा यहाँका नागरिक बाहिर जानुपर्ने बाध्यता रहँदै आएको छ ।