Butwal Today

शङ्कराचार्य परम्परा र अविमुक्तेश्वरानन्दको विवाद

१७ माघ २०८२, शनिबार
अ+
अ-

आद्य गुरु शङ्कराचार्यलाई नेपालमा केही नबुझेका धार्मिक भन्नेहरूले पनि शैव भनी अपव्याख्या पनि गर्दछन् ।

तर, उहाँका बारेमा अध्ययन गरिसकेपछि त्यस किसिमले उहाँको व्याख्या गर्नु ठुलो भूल हुन्छ । उहाँ हाम्रो वैदिक हिन्दु धर्मको मूल सनातन परम्पराकै आचार्य हुनुहुन्छ । वेद विहित पञ्चदेवोपासन पद्धतिलाई नै उहाँले उजागर गर्नुभएको थियो ।

यही सिलसिलामा नै उहाँले चार वेदका प्रतीत चार मठको स्थापना गर्नुभएको थियो । पूर्वमा गोवर्धन, पश्चिममा द्वारका, दक्षिणमा श्रृङ्गेरी र उत्तरमा जोशी मठ । यी मठहरूमा आद्य शङ्कराचार्यले बनाउनुभएको मठको नियमका आधारमा शङ्कराचार्यहरूको नियुक्ति दिने चलन छ ।

यहाँ बस्ने मठाधीशले कसैलाई छाता ओढाएर सिंहासनमा बस्ने मात्र होइन कि हिन्दु सनातन वैदिक धर्मको प्रचार प्रसार गर्नु हो । तर विशेष गरेर अन्य स्थान भन्दा पनि ज्योतिर्मठ विशेष विवादमा रहिरहन्छ । यसैका सम्बन्धमा केही खोजमूलक विवरण यहाँ प्रस्तुत गरिएको छ ।

माथि नै भनिए अनुसार आद्य गुरु शङ्कराचार्यको केही समयसम्म गुरु परम्परा चले पनि त्यसपछि वर्षौँसम्म ज्योतिर्मठको गद्दी शङ्कराचार्य रहित भयो । अर्थात्ज्योतिर्मठ सयौं वर्षसम्म निष्क्रिय रही गद्दी परम्परा लगभग तोडिएको थियो । तर सन् १९४१ मा स्वामी ब्रह्मानन्द सरस्वतीज्यूको उदय भयो । सन्त, अखाडा र धार्मिक नेताहरूले उहाँलाई सर्वसम्मतिले ज्योतिर्मठको शङ्कराचार्य घोषित गरे ।

सन. १९५२ मा शङ्कराचार्य स्वामी ब्रह्मानन्द सरस्वतीले हस्तलिखित इच्छापत्र तयार गर्नुभयो, जसमा उहाँका शिष्य शान्तानन्द सरस्वतीलाई उहाँका उत्तराधिकारीका रूपमा नामकरण गरिएको थियो । यही योजना अनुसार नै जुन १२, १९५३ माशान्तानन्द सरस्वतीज्यूलाई शङ्कराचार्य घोषित हुनुभयो । शान्तानन्द सरस्वती पारिवारिक जीवन बिताई सन्न्यास लिएका हुन् भन्ने कुरा बाहिर आयो ।

यसै हुनाले मानिसहरूले उहाँको नियुक्तिलाई आवाल ब्रह्मचारी भई बसेका मात्र शङ्कराचार्यको गद्दी सम्हाल्नका लागि योग्य हुने हुनाले यस कार्यलाई परम्परा विरुद्ध भने र ब्रह्मानन्द सरस्वतीज्यूको इच्छापत्रलाई अस्वीकार गरे । प्राचीन सन्त प्रणालीमा इच्छापत्रको सिद्धान्त अवस्थित नभएकोले स्वामी ब्रह्मानन्दको इच्छापत्र परम्परागत नियमहरू विरुद्ध भएको भनियो ।

इच्छापत्र लेख्दा ब्रह्मानन्द सरस्वती बृद्धावस्थाका कारणले मानसिक रूपमा अस्थिर रहेको पनि दाबी गरिएको थियो । यसरी प्रश्न उठाउने विपक्षी गुटका सदस्यहरूले स्वामी कृष्णबोधाश्रमलाई ज्योतिर्मठका शङ्कराचार्य घोषणा गरे।

त्यसपछि मुद्दा अदालतमा गयो । सन् १९७० मा इलाहाबाद सिभिल न्यायालयका न्यायाधीशले शान्तानन्द सरस्वतीको नियुक्ति वैध भएको र कृष्णबोधाश्रमलाई शङ्कराचार्य मान्न नसकिने फैसला सुनाए । यसपछि शङ्कराचार्य शान्तानन्द सरस्वती नै ज्योतिर्मठको सिंहासनमा बस्नुभयो ।

यसैबीच, स्वामी स्वरूपानन्द सरस्वतीज्यूले सक्रियरूपमा सन्त र ऋषिहरूमाझ आफ्नो प्रभाव स्थापित गर्नुभयो।उहाँ ब्रह्मानन्द सरस्वतीज्यूकै शिष्य करपात्री महाराजका धेरै प्रिय पात्रहुनुहुन्थ्यो । यसैबीच शङ्कराचार्य शान्तानन्द सरस्वतीज्यूले विष्णुदेवानन्द सरस्वतीज्यूलाई आफ्नो उत्तराधिकारी नियुक्त गर्नुभयो ।

तर अधिकांश सन्त र ऋषिहरूको समूहले विष्णुदेवानन्द सरस्वतीज्यूलाई भविष्यको शङ्कराचार्यका रूपमा स्वीकार गर्न मानेनन् र स्वामी स्वरूपानन्द सरस्वतीलाई ज्योतिर्मठको शङ्कराचार्य घोषित गरे । यसरी विरोध भइरहेकाले विष्णुदेवानन्द सरस्वतीज्यूले आफु विवादमा परिरहन नचाहेकाले उहाँले पनि केही समयपछि वासुदेवानन्द सरस्वतीज्यूलाई शङ्कराचार्यका रूपमा पद सुम्पिनुभयो ।

यस विवाद मुद्दाका रूपमा अदालतमा गयो । इलाहाबाद उच्च अदालतले सन् २०१७ मा स्वरूपानन्द सरस्वती र वासुदेवानन्द सरस्वती दुवै शङ्कराचार्यको रूपमा अमान्य भनी फेसला सुनायो । यसको कारण यो थियो कि वासुदेवानन्दलाई विष्णुदेवानन्द सरस्वतीज्यूले शङ्कराचार्यका रूपमा नियुक्ति दिनुभएको थियो । तर विष्णुदेवानन्दको आफ्नै नियुक्ति अवैध भन्ने अधिकांशको मत थियो, किनभने उहाँलाई मठका सबै सन्तहरूको समर्थनको अभाव थियो ।

अदालतबाट स्वामी स्वरूपानन्दज्यूलाई पनि अवैध घोषित गरियो किनभने उहाँको नियुक्ति न मठका सबै सन्तहरू, न त अन्य स्थानका कुनै शङ्कराचार्यहरूले गर्नुभएको थियो । न त उहाँको नियुक्ति कुनै धर्म संसदले नै गरेको थियो ।

उहाँ केही सन्तहरूद्वारा समर्थित स्वघोषित शङ्कराचार्य हुनुहुन्थ्यो । उहाँका अत्यन्तै नजिकका धर्मसम्राट् करपात्रीजी महाराज आफैँले स्वरूपानन्द सरस्वतीज्यूलाई शंकराचार्यको रूपमा स्वीकार गर्नुभएको थिएन । स्वरूपानन्द सरस्वतीज्यूले कुनैपनि शङ्कराचार्यको पद धारण गर्नुभएन । उहाँ समानान्तर दावेदारको रूपमा मात्र देखा पर्नुभयो, जुन परम्पराको विरुद्ध थियो ।

स्वयंशान्तानन्द सरस्वतीज्यू उत्तराधिकारीहरू नियुक्ति गरेतापनि त्यस समयसम्म नै जीवित र पीठमाहुनुहुन्थ्यो । त्यसैले स्वरूपानन्दको दाबी अवैध र अधर्मी मानियो । त्यसपछि झनै स्वरूपानन्द सरस्वतीज्यूले त्यहाँको मात्र नभएर द्वारका पीठको पनि शङ्कराचार्यको गद्दीको दाबी गर्नुभयो । कुनैपनि शङ्कराचार्यले एकैसाथ दुई मठको सिंहासन ओगट्न सक्नुहुन्नथ्यो ।

यो कार्य परम्परा, शास्त्र र अभ्यासको विरुद्ध थियो । समग्रमास्वामी स्वरूपानन्दलाई परम्परागत रूपमा नै अवैध शङ्कराचार्य मानिएको थियो । स्वामी स्वरूपानन्द सरस्वतीज्यूको मृत्युपछि, उहाँका शिष्यहरूले स्वरूपानन्द सरस्वतीज्यूकै शिष्य स्वामी अविमुक्तेश्वरानन्दज्यूलाई ज्योतिर्मठको शङ्कराचार्य घोषणा गरे ।

स्वामी स्वरूपानन्द सरस्वतीज्यू जसलाई न त सन्तहरूले नै त्यसबेला शङ्कराचार्य घोषित गरेका थिए, न त कुनै परम्पराले । यदि उनीहरूले गरेको भएपनि, यो मान्य हुने थिएन किनभने स्वरूपानन्द आफैंमा अवैध भनी अदालतले भनेको थियो ।

उहाँको नियुक्तिमा परम्परागत नियमहरू पालना गरिएको थिएन । मठ र अखाडा परिषद्का सन्तहरूले पनि उहाँलाई अवैध शङ्कराचार्य घोषित गरेका थिए । त्यसैले, अक्टोबर २०२२ मा सर्वोच्च अदालतले अविमुक्तेश्वरानन्दको शाही अभिषेकमा रोक लगायो र सन् १९४१ को परम्परा अनुसार वैध शङ्कराचार्यको नियुक्ति गर्न निर्देशन दियो ।

अब फेरि अहिले अविमुक्तेश्वरानन्द भन्दै हुनुहुन्छ कि शङ्कराचार्य नियुक्त गर्नु अदालत वा सरकारको काम होइन । हो उहाँले भनेजस्तो अदालतको काम त होइन तर विवाद भई जब शङ्कराचार्यको पदमा दुई दावेदार हुनुहुन्छ अनि यो मुद्दा धार्मिक भएन ।

नागरिक विवादका रूपमा मुद्दा देखियो र मात्र अदालतले १९४१ को नियम अन्तर्गत वैध शङ्कराचार्य नियुक्त गर्न निर्देशन दियो । यसको अर्थ आज पनि ज्योतिर्मठमा कुनैपनि वैध शङ्कराचार्य घोषित गरिएको छैन ।

अविमुक्तेश्वरानन्द खुलेआम योगी जीको बारेमा कठोर बोलिरहेका छन् र योगीलाई सन्तको रूपमा स्वीकार गर्न अस्वीकार गरिरहेका छन् । सपा, कांग्रेस, बसपा र सम्पूर्ण भारतीय गठबन्धनले अदालतद्वारा रोकिएका अविमुक्तेश्वरानन्दले जति एजेन्डा चलाइरहेका छन्, योगी जी विरुद्ध त्यति धेरै एजेन्डा चलाउन सकेका छैनन ! पालघरमा साधुहरूको हत्या हुँदा, अविमुक्तेश्वरानन्द चुप लागेर बसे र भाजपा सरकार गठन हुँदा उनले भने कि उद्धव ठाकरे मुख्यमन्त्री नभएकोमा उनी दुःखी छन् ।

पाकिस्तान, बंगलादेश र अफगानिस्तानका मुस्लिमहरूलाई पनि ऋब्ब् अन्तर्गत भारतीय नागरिकता प्रदान गर्न माग गरे । अतिक अहमद र अशरफको हत्याको न्यायिक अनुसन्धानको माग गरे । भाजपा–एनडीए सरकारलाई हराउन बिहार विधानसभा चुनाव लड्ने घोषणा गरे ।

मुर्शिदाबादमा हिन्दूहरूको अत्याचार र पलायनको बारेमा शान्तिपूर्ण दंगा गर्नेहरूलाई क्लिन चिट दिए, यसलाई कानुन र व्यवस्थाको मुद्दा भने । सनातन धर्मलाई डेंगु र मलेरिया भनेर वर्णन गर्ने क्ष्ल्म्क्ष् गठबन्धनका नेताहरूलाई समर्थन गर । पुरी पीठका जगद्गुरु शङ्कराचार्य निश्चलानन्द पनि माघ मेलामा उपस्थित भए, तर कुनै हङ्गामा भएन ।

सबै अखाडाहरू (धार्मिक समूहहरू) का हजारौँ सन्तहरूले स्नान गरे, तर कुनै अशान्ति भएन । लाखौँ भक्तहरूले स्नान गरे, तर कुनै अशान्ति भएन । अविमुक्तेश्वरानन्द आइपुग्ने बित्तिकै अराजकता भयो । अविमुक्तेश्वरानन्दको अहङ्कारको अनुमान यस तथ्यबाट लगाउन सकिन्छ कि प्रयागराजमा उनलाई समर्थन गर्न १०० जना पनि आएका थिएनन्, जबकि लाखौँ मानिसहरू योगी आदित्यनाथको पछाडि जुलुस गरिरहेका थिए ।

अविमुक्तेश्वरानन्द महाराजले उत्तर प्रदेशमा योगी आदित्यनाथलाई सत्ताबाट हटाउन उपमुख्यमन्त्री केशव मौर्यको पक्षमा देखिएको जस्तो व्यवहार गरिरहेका छन् । अमावास्याका दिन उनी भीडसँगै संगम नाकातिर लागे । दुई नम्बर पुल बन्द थियो । तर उनी र उनका चेलाहरूले जबरजस्ती यसलाई खोलेर त्यही पुल पार गर्दै संगम नाकातिर रथ चढे ।

अब हेरौँ कि उनका समर्थकहरूले बन्द पुल किन खोले ? यदि भागदौड भएको भए, कसले जिम्मेवारी लिने थियो ? यदि भागदौडमा भक्तहरूको मृत्यु भएको भए, कसले जिम्मेवारी लिने थियो ? के प्रशासनले बन्द गरेको पुल जबरजस्ती खोल्नुले प्रत्यक्ष रूपमा अराजकता फैलाएको छैन ? प्रशासनले अझैपनि उनलाई समर्थन गर्यो तर वातावरण बिगार्नबाट रोक्यो, त्यसैले बाबा जीले नयाँ नाटक सुरु गरे ।

अविमुक्तेश्वरानन्दजी अवैध रथ चढेर संगम नाक नजिकै ५० मिटर पुगे । प्रशासनले उनलाई त्यहाँ रोक्यो र भन्यो, “महाराज जी, संगम नाक केवल १ मिनेट टाढा छ । कृपया रथबाट ओर्लनुहोस् र संगम नाकमा हिँड्नुहोस्, किनकि त्यहाँ लाखौँ भक्तहरूको भीड छ । रथमा यात्रा गर्दा समस्या हुन सक्छ ।

“यो सुनेर अविमुक्तेश्वरानन्दको अहंकारमा चोट लाग्यो, उनले भने, “म पैदल जाँदिन; म रथमा जान्छु ।“ माघ मेलामा स्नान गर्न लाखौँ भक्तहरूले कठिनाइ सहेका छन्, तर यी महाराज जी ५० मिटर पनि हिँड्न सकेनछन् । यदि ती भक्तहरूलाई असुविधा भयो भने भागदौड भयो र तिनीहरूको मृत्यु भयो भने के गर्ने ?

यस घटनाले त अविमुक्तेश्वरानन्द नियोजित रूपमा नै योगीजीको व्यवस्थापनलाई विगार्ने उद्देश्यले आएको देखियो । शङ्कराचार्य भन्ने पद इण्डियनहरूको मात्र नभएर हामी नेपालीको पनि साझा पद हो । गोरक्षनाथको पद त झनै नेपालीहरूको हृदयको पद हो ।

त्यसैले योगी आदित्यनाथले हिन्दुत्वको लागि गरेको त्याग तपस्या विरुद्ध त्यसरी शङ्कराचार्य जस्तो पदमा पदासिन व्यक्ति लाग्नु हामी सनातनीहरूका लागि अत्यन्तै लाजको विषय भएको छ । जय गोरक्षनाथ ।