Butwal Today

एक तोला सुनको मूल्य ३ लाख ३९ हजार ३ सय

१५ माघ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ, १५ माघ ।

स्थानीय बजारमा आज  पनि सुनचाँदीको मूल्यले कीर्तिमान कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य ३ लाख ३९ हजार ३०० र त्यति नै चाँदीको मोल रु ७ हजार ५०५ कायम भएको छ ।

बुधबार एक तोला छापावाल सुनको मूल्य रु ३ लाख १८ हजार ८०० र त्यति नै चाँदीको मोल रु ७ हजार ३०० कायम भएको थियो ।

यसैगरी, गत मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु ३ लाख ९ हजार ३०० त्यति नै चाँदीको मोल रु ६ हजार ८७० कायम भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन ५ हजार ५६० र त्यति नै परिमाणको सेतो धातु १२० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।