Butwal Today

सिटी स्क्यान खरिद प्रकरणः राप्तीका पूर्व उपकुलपतिदेखि चिकित्सकलाई समेत भ्रष्टाचार मुद्धा

१५ माघ २०८२, बिहीबार
अ+
अ-

दाङ,१५ माघ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कम गुणस्तरको सिटी स्क्यान मेसिनमा खरिद गरी आर्थिक अनियमितता गरेको आरोपमा प्रतिष्ठानकी तत्कालीन उपकुलपति प्रा.डा. सङ्गीता सिंह भण्डारीसहित १९ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

बिहीबार अख्तियारले प्रा.डा. भण्डारी विरुद्ध ७ करोड ३१ लाख ८२ हजार रुपैयाँ बिगो माग दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो । डा. भण्डारीसँगै प्रतिष्ठानका तत्कालीन कामु रजिष्ट्रार कैलाश प्रसाद देव, निर्देशक प्रा डा. सागर पन्थी, रेडियोलोजी विभागका प्रमुख डा. बोम बिसी, बायोमेडिकल इन्जिनियर शरद भण्डारी, बायोमेडिक इन्जिनियर आशुतोष भण्डारी, कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर अमित कुमार चौधरी, लेक्चचर डा. श्रीसिया पोखरेल विरुद्ध पनि भ्रष्टाचार मुद्दा दायर भएको छ ।

यसै गरी, अधिकृतहरू झन्कार लामिछाने, लीलाकुमारी देवकोटा र मेघबहादुर अधिकारी, आइटी अधिकृत हिरालाल भण्डारी, लेखा अधिकृत राजीव बस्नेत, फार्मेसी सुपरभाइजर कृष्णप्रसाद जोशी, स्टाफ नर्स विन्दु पौडेल, फिजियोथेरापिष्ट पूजा ठाकुर, कम्प्युटर असिस्टेन्ट सतिशबहादुर शाह र हिमालय मेडिटेक प्रा.लि.का अमर श्रेष्ठ र सन्जु राजकर्णिकार विरुद्ध पनि विशेष अदालतमा मुद्दा दायर भएको छ ।

भ्रष्टाचारको आरोपमा मुद्दा दायर भएकाहरूमध्ये कतिलाई एकल रूपमा ७ करोड ३१ लख ८२ हजार रुपैयाँ माग बिगोसहित कानुनअनुसार कारबाहीको माग गरिएको छ ।

अख्तियारले खरिद आवश्यकताको पहिचान एवं खरिद गुरुयोजना नै नबनाई विभिन्न खरिद कारबाहीको तयारी नगरी खरिद कार्य अगाडि बढाएको उल्लेख छ ।।।