© 2026
काठमाडौँ, १५ माघ ।
काठमाडौँको दरबारमार्गस्थित उडल्याण्ड होटलमा आगलागी भएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार आज बिहान १०ः१५ बजे आगलागी भएको हो । परिसरका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले आगलागी नियन्त्रणमा लिने क्रम जारी रहेको बताए ।
आगलागी नियन्त्रणमा लिनका लागि नेपाल प्रहरी र दमकल खटिरहेको उनले जानकारी दिए । आगलागीको कारण भने खुलेको छैन । रासस