Butwal Today

आन्तरिक उडान सुचारु

१५ माघ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

आज बिहानैदेखि लागेको बाक्लो हुस्सु तथा कुहिरोको कारण काठमाडौँलगायत देशका विभिन्न विमानस्थलमा प्रभावित रहेको आन्तरिक तर्फको उडान अहिले सुचारु भएको छ ।

काठमाडौँ, विराटनगर, राजविराज, नेपालगन्ज, धनगढी, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान सुरु हुन नसकेको भए पनि अहिले भरतपुर, टुम्लिङटार, नेपालगन्ज बाहेक अन्य ठाउँमा उडान सुचारु भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।

उहाँका अनुसार अहिले दिउँसोबाट मौसममा सुधार आएसँगै उडान अवतरण सुरु भएको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?