Butwal Today

बुटवलमा लुम्बिनी प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

१५ माघ २०८२, बिहीबार
अ+
अ-

बुटवल ।

लाफा समूह बुटवलले आयोजना गरेको तेस्रो बुटवल मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०८२ सुरु भएको छ ४ बिधामा आयोजित प्रतियोगितामा प्रदेश खुल्ला । प्रदेश सी लेबल । प्रदेश भेटान्स ४५  र प्रदेश सुपर भेटान्स ५५ आयोजना गरेको छ ।

बुटवल उपमहानगरपालिकाको सहकार्यमा आयोजित ब्याडमिन्टन प्रतियोगितामा खुल्लामा १६ टिम । प्रदेश सी तर्फ ७६ टिमको सहभागिता रहेको छ भने प्रदेश भेटान्स तर्फ २७ टिम प्रदेश सुपर भेटान्स ८ टिमको सहभागिता रहेको छ ।

लाफा कवडहल बुटवल सुखानगरमा आयोजित प्रतियोगिता ३ दिन सम्म सञ्चालन हुने लाफा समूहका अध्यक्ष बविन थापाले बताए  । प्रतियोगितामा खुल्ला तर्फ प्रथम हुनेले ५५ हजार कप मेडल प्रमाण पत्र पाउने छन् भने दोस्रो हुनेले ३५ हजार कप मेडल प्रमाण पत्र पाउने छन् । भने तेस्रो हुने २ टिमले नगद दश दश हजार कप मेडल प्रमाणपत्र पाउने छन् ।

त्यस्तै प्रदेश सी तर्फको प्रतियोगितामा प्रथम हुनेले ३५ हजार कप मेडल प्रमाणपत्र पाउने छन् भने दोस्रो हुनेले २५ हजार कप मेडल प्रमाणपत्र हात पार्ने छन् । तेस्रो हुने २ टिमले नगद सात हजार ५ सय कप मेडल प्रमाण पत्र पाउने छन् ।

भेटान्स ४५ तर् प्रथम हुनेले ३५ हजार कप मेडल प्रमाणपत्र पाउने छन् भने दोस्रो हुनेले २५ हजार कप मेडल प्रमाणपत्र पाउने छन् । तेस्रो हुने २ टिमले नगद ७ हजार ५ सय कप मेडल प्रमाणपत्र पाउने छन् ।

त्यस्तै सुपर भेटान्स ५५ तर्फ प्रथम हुनेले २० हजार कप मेडल प्रमाणपत्र पाउने छन् भने दोस्रो हुनेले १० हजार कप मेडल फाउने छन् भने तेस्रो हुने २ टिमले ५ ५ हजार हात पार्ने लाफा समूहका सचिव टिप रानाले बताए ।

प्रतियोगितामा रुपन्देही नवलपरासी कपिलवस्तु पाल्पा गुल्मी दाङ अर्घाखाँचीका खेलाडीले भाग लिएका छन्