© 2026
काठमाडौँ ।
इन्डोनेसियामा पहिरोका कारण मृत्यु हुनेको सङ्ख्या ३४ पुगेको उल्लेख गर्दै अझै दर्जनौँ बेपत्ता रहेको अधिकारीहरूले बुधबार जनाएका छन् ।
भारी वर्षाका कारण आएको पहिरोका कारण दर्जनौँ घरहरू गम्भीर रूपमा क्षतिग्रस्त बनाउनुका साथै सयौँ विस्थापित भएको जनाइएको छ ।
मङ्गलबार साँझ ७ः३० बजे सम्म, ३४ जना पीडितको पहिचान गरिएको राष्ट्रिय प्रकोप शमन एजेन्सीका प्रवक्ता अब्दुल मुहारीले पुष्टि गरेका छन् ।
“पहिचान गरिएका शवहरू दाहसंस्कारका लागि पीडितका परिवारलाई छिटै हस्तान्तरण गरिने उनले बताएका छन् ।
यस अघि बेपत्ता व्यक्तिहरूको सङ्ख्या ३२ पुगेको जनाइएकोमा संशोधन गरिएको जनाउँदै स्थानीय अधिकारीहरूले वास्तविक सङ्ख्या अझै बढी हुन सक्ने सङ्केत गरेका छन् ।
उद्धारकर्ताहरूले जाभा टापुको पश्चिम बान्दुङ क्षेत्रको अस्थिर क्षेत्रमा भारी उपकरणहरू प्रयोग गरेर खोजी गरिरहेको जनाइएको छ ।
यद्देपी खराब मौसमका कारण अर्को पहिरोको डरले तिनीहरू सावधानीपूर्वक काम गरिरहेको जनाइएको छ ।
स्थानीय अधिकारीहरूका अनुसार यस प्रकोपले ५० भन्दा बढी घरहरूलाई गम्भीर क्षति पुर्याएको छ भने ६५० भन्दा बढी मानिस विस्थापित भएका छन् ।
पश्चिम जाभाका गभर्नर डेडी मुल्यादीले प्रभावित बासिन्दाहरूलाई स्थानान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
गत वर्षको अन्त्यमा सुमात्रा टापुमा गएको बाढी र पहिरोमा वनको क्षति हुदाँ करिब एक हजार २०० मानिसहरूको मृत्यु हुनुका साथै दुई लाख ४० हजार भन्दा बढी विस्थापित भएको सरकारले जनाएको छ ।
यस्ता प्रकोपहरू वर्षाको मौसममा विशाल इन्डोनेसियाली द्वीप समूहमा सामान्यतया अक्टोबरदेखि मार्चसम्म बारम्बार चलिरहने बताइएको छ ।