Butwal Today

युवराज सफल पक्राउ

१३ माघ २०८२, मंगलवार
अ+
अ-

 काठमाडौं ।

‘युवराज सफल’ भनिने युवराज पौडेल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति तथा गालीबेइजती गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनले महान्यायाधिवक्ताको कार्यालय तथा महान्यायाधिवक्तालाई लक्षित गर्दै विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत नकारात्मक, अपशब्दयुक्त तथा गालीगलौजपूर्ण अभिव्यक्ति दिएको आरोप छ ।

महान्यायाधिवक्ता र कार्यालयलाई लक्षित गरी अभिव्यक्ति दिएपछि माघ ८ गते महान्यायाधिवक्ताको कार्यालयले आवश्यक कानुनी कारबाही गरिदिन अनुरोध गर्दै प्रहरीलाई पत्र पठाएको थियो ।

पत्र प्राप्त भएपछि पनि महान्यायाधिवक्ता तथा कार्यालयबारे तथ्यहीन कुराहरू समेटिएको भिडियो बनाई सामाजिक सञ्जालमा पोस्ट गरेको देखिएपछि उनलाई पक्राउ गरिएको हो । काठमाडौं जिल्ला अदालतबाट तीन दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए ।