Butwal Today

पूर्व सांसद रामचन्द्र भट्टराईको निधन

१३ माघ २०८२, मंगलवार
अ+
अ-

बुटवल । पूर्व सांसद रामचन्द्र भट्टराईको निधन भएको छ। बुटवलबासी ८४ बर्षिय भट्टराईको आज बिहान ११ बजे ह्दयघातका कारण निधन भएको पारिवारिक श्रोतले बताएको छ।

नेकपा एमाले निकट जनसांस्कृतिक मञ्चका पूर्व अध्यक्ष भट्टराई राष्ट्रिय सभा सदस्य भएका थिए। पत्रकारितामा समेत योगदान पुर्‍याएका भट्टराई यस क्षेत्रको पूरानो चर्चित पत्रिका दैनिक निर्णयको सम्पादकको रुपमा समेत काम गरेका थिए।

पछिल्लो समय राजनितिमा निस्क्रिय उनी एमालेबाट नेकपा माओवादी हुँदै नेकपा एकिकृत समाजवादी पार्टीका केन्द्रिय सल्लाहकार समेत भएका थिए।

महिला आन्दोलन र साहित्यमै सक्रिय उनकी जिवन संगिनी मैया भट्टराईको भने गत वर्ष निधन भएको थियो।