Butwal Today

चाइना युनानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली यू–२० महिला टोली सार्वजनिक

१३ माघ २०८२, मंगलवार
अ+
अ-

काठमाडौँ ।

चाइना युनानको युवा टोलीसँगको मैत्रीपूर्ण फुटबलका लागि २० वर्षमुनिको नेपाली राष्ट्रिय महिला टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आज उक्त मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली सार्वजनिक गरेको हो । मैत्रीपूर्ण फुटबल आउँदो शनिबार काठमाण्डौको त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजना हुनेछ ।

चिनियाँ नयाँ वर्षको अवसरमा आयोजना गर्न लागिएको यस खेलले नेपाली महिला युवा टोलीको तयारी तथा अन्तर्राष्ट्रिय अनुभव अभिवृद्धि गर्ने एन्फाले जनाएको छ ।

खेलअघि नेपाल र चीनका विभिन्न सांस्कृतिक विविधता झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि आयोजना गरिनेछ । खेलका लागि चिनियाँ टोली पर्सि नेपाल आइपुग्ने कार्यक्रम रहेको छ ।