Butwal Today

महिला टी २०: स्कटल्यान्डसँग पराजित हुँदै विश्वकप छनोटबाट बाहिरियो नेपाल

१२ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौँ– आईसीसी महिला टी-२० विश्वकप अन्तर्गत नेपाल समूहचरणबाटै बाहिरिएको छ। यससँगै नेपालको विश्वकप खेल्ने सपना अधुरै बनेको छ।

समूह ‘बी’ मा रहेको नेपाल जित्नै पर्ने खेलमा सोमबार स्कटल्यान्डसँग ७२ रनले पराजित भयो। प्रतियोगितामा नेपाल बाहिरिएसँगै स्कटल्यान्ड, नेदरल्यान्ड्स र थाइल्यान्ड्सले सुपर सिक्समा स्थान पक्का गरेका छन्।

नेपाले जिम्बाब्वेलाइ मात्र हरायो। जिम्बाब्वे तालिकाको पुछारमा रह्यो। अन्तिम तथा समूहचरणको आफ्नो चौंथो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले निर्धारित २० ओभरमा अलआउट हुँदै १ सय ४० रन बनाएको थियो।

खराब सुरुवातका बाबजुत प्रियन्ज चटर्जीले ४५ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक सारा ब्राइसले १८ तथा एलिसा लिस्टरले २२ रन बनाइन्। त्यस्तै मेगन म्याकोलले १७ रन बनाउँदा रसिल स्लटरले ११ रन बनाएकी थिइन्।

नेपालका लागि मनिसा उपाध्यायले ४ विकेट लिंदा रुविना क्षेत्रीले ३ विकेट लिइन्। १ सय ४१ रनको उच्च लक्ष्य पछ्याएको नेपाले १३.५ ओभरमा ६८ रनमा अलआउट भयो।

नेपालका लागि विन्दु रावल र रोमा थापाले समान १४ रन बनाउनु बाहेक थप दोहोरो स्कोरका रुपमा रुविना क्षेत्रीको १० रन रह्यो। अन्य कुनैपनि ब्याटरले दोहोरो स्कोरमा रन बनाउन सकेनन्।

स्कटल्यान्डका लागि अब्टाह मसुदले ३ विकेट लिंदा कथरिना फ्रासरले २ तथा कथ्र्यान ब्रयासीले २ विकेट लिइन्।