© 2026
काठमाडौँ ।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा देशकै ध्यान तानिएको निर्वाचन क्षेत्रमध्ये एक हो रुकुम (पूर्व) ।
यो निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टी ( नेकपा ) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ उम्मेदवार रहेका छन् । निर्वाचन आयोगका अनुसार यस क्षेत्रमा कुल ३४ हजार ७ सय ७२ मतदाता छन् ।
आयोगले सार्वजनिक गरेको मतदाताको अन्तिम नामावली अनुसार जिल्लामा ४४ वटा मतदान स्थल र ५६ वटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
लुम्बिनी प्रदेश अन्तर्गत पर्ने यस पहाडी जिल्लामा पुथा उत्तरगंगा, भूमे र सिस्ने गरी तीन वटा गाउँपालिकाहरू रहेका छन् ।
रोचक राजनीतिक प्रतिस्पर्धा हुने अनुमान गरिएको यस क्षेत्रमा नेपाली कांग्रेसबाट कुसुम देवी थापा र प्रगतिशील लोकतान्त्रिक पार्टीबाट सन्दीप पुन उम्मेदवार रहेका छन् ।
नेकपा एमालेबाट लिलामणी गौतम उम्मेदवार भए पनि एमालेले सन्दीप पुनलाई सहयोग गर्ने सहमति आइतबार मात्र गरेकाले चुनावी भिडन्त रोचक र प्रचण्डलाई दबाबमा पार्ने देखिएको छ ।
भौगोलिक रूपमा विकट मानिने पुथा उत्तरगंगा गाउँपालिकामा उल्लेख्य संख्यामा मतदाता रहेका छन् ।
वडा नं. १० (तकसेरा र घुम्लिबाङ) मा १ हजार ५ सय १० मतदाता रहेका छन्, जुन पालिकाको उच्च संख्या हो । वडा नं. १२ (कोल) मा १ हजार ३ सय ८१, वडा नं. १४ (राङसी) मा १ हजार १ सय २६ मतदाता छन् ।
वडा नं. १ (मैकोट) मा ९ सय ६१, वडा नं. २ मा ५ सय २३, वडा नं. ५ मा ८ सय ७०, वडा नं. ११ मा १ हजार २ सय ७५ मतदाता रहेका छन् ।तुलनात्मक रूपमा कम मतदाता रहेको वडा नं. ७ (खारखोला र जाङ) मा ४ सय ७८ र वडा नं. ६ (मयाङ) मा ३ सय ६७ मतदाता छन् ।
भूमे गाउँपालिकामा वडा नं. ९ (चुनवाङ र सिमचौर) मा १ हजार ९ सय ७७ मतदाता छन् । वडा नं. ३ (सिमा) मा १ हजार ६ सय १६, वडा नं. १ (लुकुम) मा १ हजार ४ सय ७८ मतदाता रहेका छन् ।
वडा नं. ८ (कुचिवाङ र भोटिसमलचौर) मा १ हजार ४ सय ९५, वडा नं. २ (काक्री) मा १ हजार ४ सय २१, वडा नं. ७ (गुनाम र धर्मशाला) मा ८ सय ७३ मतदाता रहेका छन् ।
वडा नं. ५ (रुकुमकोट) मा २ हजार २ सय ५७ मतदाता रहेका छन्, जसका लागि रुक्मिणी माध्यमिक विद्यालयमा तीन वटा मतदान केन्द्र (क, ख, ग) तोकिएको छ ।
वडा नं. ६ (छिप्रिदह र खोपिचार) मा १ हजार ७ सय ९२, वडा नं. ४ (नयाँढाका र झाक्रिपोले) मा १ हजार ६ सय ३४, वडा नं. ३ (पोखरा) मा १ हजार ३ सय ९७ मतदाता छन् ।
वडा नं. १ मा ९ सय ८० र वडा नं. ७ मा ९ सय ७६ मतदाता रहेका छन् ।