Butwal Today

सरकारले ४ जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दियो

१२ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

सरकारले ४ वटा जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृत दिने निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस सम्बन्धमा निर्णय गरेको सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।

उनका अनुसार सुतिखोला जलविद्युत् आयोजना, तामाकोशी पाँचौँ जलविद्युत् आयोजना, माथिल्लो संखुवासभा जलविद्युत् आयोजना र सेती खोला जलविद्युत् आयोजनालाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको हो ।

मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको थियो ।