Butwal Today

गृहमन्त्री अर्याल र अमेरिकी कार्यवाहक राजदूत अर्बमबिच शिष्टाचार भेटवार्ता

१२ माघ २०८२, सोमबार
अ+
अ-

काठमाडौं ।

गृहमन्त्री ओमप्रकाश अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमले सोमबार शिष्टाचार भेटवार्ता गरेका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा उनीहरूले पछिल्लो राजनीतिक परिस्थिति, चुनाव तथा अमेरिकाले नेपालमा गरेको सहयोग र सहायताको विषयमा छलफल गरेका छन् ।

त्यसक्रममा मन्त्री अर्यालले फाल्गुन २१ मा हुने प्रतिनिधि सभाको निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन सरकारले तीव्र रूपमा काम गरिरहेको बताएका छन् ।

राजदूत अर्बमले दुई देशबीचको मैत्रीपूर्ण सम्बन्ध सधैं निरन्तर रहने र आगामी दिनमा थप प्रगाढ हुने बताएका छन् ।