Butwal Today

ओलीसँग सार्वजनिक बहसमा बालेनद्वारा अस्वीकार

११ माघ २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको फेसबुक पोस्टमा रास्वपा वरिष्ठ नेता बालेन शाहले प्रतिक्रिया जनाएका छन् ।

पब्लिक डिबेटको माग सकारात्मक छ, म तयार छु- ओली

ओलीको पब्लिक डिबेटसम्बन्धी पोस्टमा बालेन शाहले प्रतिक्रिया दिँदै लेखेका छन् “आफूलाई देश जलाउनेको रूपमा स्वीकारेको ठिकै छ, हुन पनि नेताहरूको घर कता कता छन्, तपाईँहरूलाई नै थाहा थियो ।

तपाईँहरूले आफैँ २३ गते बच्चाहरू मारेको आतङ्कवाद लुकाउन २४ गते जलाएको हो । आफूलाई आतङ्कवादी कहिले स्विकार्ने हो ? त्यसपछि अरू कुरा गरौँला ।”

शाहले ७६ जना बच्चाको हत्यारा र उसको मतियारसँग एउटै मञ्चमा उभिनु भनेको आफू पनि त्यसमा सामेल भएको बुझिने तर्क पनि गरेका छन् ।