Butwal Today

बागमती प्रदेशको राष्ट्रिय सभा सिटमा देवकोटा र दंगाल विजयी

११ माघ २०८२, आइतबार
अ+
अ-

 काठमाडौँ ।

राष्ट्रिय सभा सदस्य निर्वाचनमा बागमती प्रदेशको २ सिटमा गिता देवकोटा र डा. प्रेम प्रसाद दंगाल विजयी भएका छन् ।

नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनबाट चुनाव लडेका देवकोटा र दंगालले नेकपाका उम्मेदवारलाई पराजित गरेका हुन् । महिला क्लस्टरमा कांग्रेसकी गिता देवकोटाले ६ हजार २३९ मत प्राप्त गर्दै निर्वाचन जितेकी छन् । उनले प्रदेश सभा सदस्यतर्फ ६० र स्थानीय तहतर्फ १६१ मत पाएकी छन् ।

उनकी निकटतम प्रतिद्वन्द्वी नेकपाकी सरोज कुमारी झालेले २ हजार ५२२ मत प्राप्त गरेकी छन् । झाले प्रदेश सभा सदस्यतर्फ २५ र स्थानीय तहतर्फ ६३ मत पाएकी हुन् ।

सोही पदका अन्य उम्मेदवार नेकपाकी कविता महर्जनले १९७ मत पाएकी छन्, जसमा प्रदेश सभा तर्फ ३ र स्थानीय तह तर्फ २ मत थिए ।

प्रदेश सभा तर्फ कुल ८९ मतदाता मध्ये ८८ मत सदर भएको थियो भने, स्थानीय तहतर्फ २२९ मत मध्ये २२६ मत सदर भएको र ३ मत बदर भएको थियो ।

अर्को क्लस्टरमा उम्मेदवार बनेका डा. प्रेम प्रसाद दंगालले ६ हजार २०५ मत पाउँदै निर्वाचन जितेका हुन् । उनले प्रदेश सभा तर्फ ५९ र स्थानीय तह तर्फ १६२ मत प्राप्त गरेका थिए ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रेमप्रसाद सापकोटाले २ हजार ५४१ मत प्राप्त गरे भने, नेमकिपाका उम्मेदवार विक्रम ढुकुछुले १९७ मत प्राप्त गरेका छन् ।