Butwal Today

निर्वाचनमा खटिने कर्मचारीको सुरक्षाका लागि २० लाख रुपैयाँको बीमा

११ माघ २०८२, आइतबार
अ+
अ-

काठमाडौँ ।

आगामी निर्वाचनमा खटिने कर्मचारीहरूको सुरक्षामा ध्यान दिँदै निर्वाचन आयोगले सबै कर्मचारीका लागि दुर्घटना बीमा लागू गरेको छ ।

आयोगले मतदान केन्द्र र मतगणनास्थलमा खटिने कर्मचारीहरूका लागि प्रत्येक जनही २० लाख रुपैयाँको बीमा गरेको जनाएको छ ।

निर्वाचनमा खटिने कुल २ लाख १३ हजार १६१ जना कर्मचारी यस बीमाबाट लाभान्वित हुनेछन् । मतदान र मतगणनाको कार्यकाल अनुसार आयोगले १५ दिन अवधिको बीमा लागू गरेको छ ।

यसैगरी, मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा खटिने कर्मचारी, आयोगका सबै कार्यालयका कर्मचारी तथा चुनावकालीन काजमा आउने कर्मचारीहरूको लागि ९० दिनको बीमा अवधि निर्धारण गरिएको छ ।

निर्वाचन आयोगले बीमाले कर्मचारीहरूको सुरक्षा र जोखिम न्यूनीकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।