Butwal Today

कतारमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

१० माघ २०८२, शनिबार
अ+
अ-

 कतार, १० माघ ।

दोहा —कतारमा रक्तदान भव्य रूपमा सम्पन्न भएको छ ।

पर्वत जलजला सेवा समाज कतार र आर्थक डाडाखर्क समाज कतारको संयुक्त आयोजनामा तथा नेपाली रक्तदाता सङ्घ कतारको समन्वयमा “बृहत् रक्तदान”कार्यक्रम सम्पन्न भएको हो ।

शुक्रवार कतार नेशनल ब्लड डोनेसन सेन्टरमा जलजला समाज कतारका वरिष्ठ सल्लाहकार रघुनाथ शर्माले रक्तदान गर्दै कार्यक्रमको शुभारम्भ भएको थियो ।

रक्तदान गर्नका लागी १३३ जनाले रजिस्ट्रेसन गरिएका मध्य ११० जना नेपालीहरूले रक्तदान गर्न सफल भएको र अन्य २३ जना विभिन्न कारणवश रक्तदान गर्न वञ्चित रहेको पर्वत जलजला समाजका अध्यक्षले जानकारी दिए ।

“रक्तदान जीवनदान” भन्ने मूल नारालाई आत्म साथ गर्दै रक्तदान जस्तो पुण्य कार्यमा सहभागी भएर रक्तदान गरेका दाताहरूलाई आयोजक संस्थाले धन्यवाद तथा सम्मान व्यक्त गरेको थियो।

कार्यक्रममा आयोजक दुई संस्थाका अध्यक्षहरूले रक्तदान जस्तो पवित्र कार्यले जीवन बचाउन ठुलो योगदान पुग्ने बताउँदै आगामी दिनमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्।

बिहान सात बजे देखि दिउसो एक सम्म चलेको रक्तदान कार्यक्रममा कतारमा स्थापित विभिन्न सङ्घ,संस्थाका प्रतिनिधि, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो।

अन्तिम रक्तदान पर्वत जलजला समाजका अध्यक्ष देवराज कार्कीको रहेको थियो ।