© 2026
काठमाडौँ ।
अमेरिका विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) बाट आधिकारिक रूपमा बाहिरिएको छ ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले एक वर्षअघि सुरु गरेको बहिर्गमन प्रक्रिया हिजो पूरा भएसँगै अमेरिका र विश्व स्वास्थ्य सङ्गठनबीचको सात दशकभन्दा लामो साझेदारी अन्त्य भएको हो ।
दोस्रो कार्यकाल सम्हालेको एक वर्ष पुग्दा ट्रम्प प्रशासनले सङ्गठनलाई बुझाउन बाँकी रहेको झन्डै २७ करोड डलर बक्यौता रकम पनि नतिर्ने अडान लिएको छ ।
कोरोना महामारीको समयमा सङ्गठनले चीनको पक्ष लिएको र अमेरिकी सार्वभौमिकतामा हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै वासिङ्टनले यो कदम चालेको हो ।
अमेरिका बाहिरिएपछि डब्लूएचओले आफ्नो कुल बजेटमा ठूलो अभाव खेप्नुपर्ने भएको छ । यसको असरस्वरूप सङ्गठनले कर्मचारी कटौती गर्न र विश्वव्यापी स्वास्थ्य कार्यक्रमहरूको बजेट २५ प्रतिशतले घटाउने तयारी गरेको छ ।