Butwal Today

रेश्म चौधरी उम्मेदवारी खारेजविरुद्ध सर्वोच्च पुगे

९ माघ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन् ।

कैलाली क्षेत्र नम्बर १ बाट फागुन २१ को चुनावमा प्रत्यक्षतर्फ दिएको उम्मेदवारी बिहीबार निर्वाचन अधिकृतको कार्यालयले खारेज गरेको थियो ।

भोलिपल्टै उनले उक्त निर्णय बदर गराउन रिट दिएका हुन् । उनकाे रिट दर्ता गरेको सर्वोच्च प्रशासनले आइतबारका लागि पेसी तोकेको छ ।

टीकापुर घटनाको मुद्दामा रेशमले राष्ट्रपतिबाट आममाफी पाएका थिए । निर्वाचन अधिकृतको कार्यालयले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐनअनुसार जन्मकैद सजाय भोगेका व्यक्तिलाई निर्वाचनमा उम्मेदवार हुन नपाउने बताउँदै उनको उम्मेदवारी खारेज गरेको थियो ।