Butwal Today

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु

९ माघ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक केन्द्रीय कार्यालय, सानेपामा सुरु भएको छ ।

शुक्रबार दिउँसो नवनिर्वाचित सभापति गगन थापाको सभापतित्वमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको हो । सभापति थापा भएपछि यो पहिलो पटक कांग्रेस केन्द्रीय कार्यालयमा बैठक बसेको हो ।

यसअघि सभापति थापा कांग्रेस केन्द्रीय कार्यालय गएका थिएनन् र केन्द्रीय कार्यसमितिको बैठक पनि प्रायः बाहिर बस्ने गरिएको थियो ।

आजको बैठकमा केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र प्रदेश सभापतिहरू उपस्थित छन् । बैठकको एजेन्डामा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने विषयसमेत रहेको छ ।