Butwal Today

एकैदिन ९ हजारले बढ्यो सुन, तोलाको ३ लाख नाघ्यो

९ माघ २०८२, शुक्रबार
अ+
अ-

काठमाडौँ ।

 सुनचाँदीको भाउले फेरि कीर्तिमान बनाएको छ ।

आज सुनको भाउ तोलामा एकैदिन ९ हजार २ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च ३ लाख १ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ २ लाख ९२ हजार २ सय रुपैयाँ थियो । त्यसअघि अस्ति सुनको भाउ तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउले पनि नयाँ कीर्तिमान कायम गरेको छ । चाँदीको भाउ तोलामा एकैदिन २ सय ७० रुपैयाँले बढेर तोलाको ६ हजार १ सय ९० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

हिजो चाँदीको भाउ ५ हजार ९ सय ७० रुपैयाँ थियो । त्यसअघि अस्ति चाँदीको भाउ अहिलेसम्मकै उच्च ५ हजार ९ सय २० रुपैयाँ थियो ।