Butwal Today

सभापति बनेपछि गगन थापा पहिलोपटक पार्टी कार्यालयमा

९ माघ २०८२, शुक्रबार
अ+
अ-

 काठमाडौं ।

विशेष महाधिवेशनबाट नेपाली कांग्रेसको सभापति चयन भएपछि गगन थापा पहिलोपटक पार्टी केन्द्रीय कार्यालय पुगेका छन् ।

उनी केहीबेरअघि पार्टी कार्यालय पुगेका हुन् । आज बस्ने केन्द्रीय कार्यसमिति बैठकले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने औपचारिक निर्णय गर्ने बताइएको छ ।

पार्टी कार्यालयमा नेता तथा कार्यकर्ताहरूको बाक्लो उपस्थिती रहेको छ ।

गत पुस २७ गतेदेखि माघ १ गतेसम्म चलेको कांग्रेसको दोस्रो विशेष महाधिवेशनबाट थापा सभापति चुनिएका थिए ।

उपसभापति भुसालका अनुसार सभापति थापासहित पदाधिकारीले पदभार ग्रहण गरेपछि केन्द्रीय कार्यसमिति बैठक बस्ने छ ।

बैठकपछि सभापति थापा चुनाव प्रचारका लागि सर्लाही क्षेत्र नम्बर ४ जाने कार्यक्रम बनाएको छ । अघिल्लो निर्वाचनमा काठमाडौं–४ बाट निर्वाचित थापा यसपटक सर्लाही–४ मा उम्मेदवार हुन् । उनले माघ ६ गते वारेसमार्फत् उम्मेदवारी दर्ता गराएका थिए ।