© 2026
काठमाडौँ ।
कर्मचारी सञ्चय कोषले विभिन्न पदमा ३६ जना कर्मचारी माग गरेको छ ।
कोषले आज सूचना जारी गर्दै आठौँ तहको प्रवन्धकदेखि चौथो तहको सहायकसम्मका पदमा गरी ३६ जना कर्मचारी माग गरेको हो ।
रिक्त पदहरूमा खुला प्रतियोगितामार्फत समावेशी रूपमा स्थायी पदपूर्ति गर्न लागिएको कोषले जनाएको छ । योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिएको छ ।
