© 2026
काठमाडौं, ९ माघ ।
निर्वाचन आयोगका अनुसार देशभर हालसम्म ४९ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए कि यसअघि देशभर ३ हजार ४८७ जनाले मनोनयन दर्ता गराएका थिए । त्यसमध्ये ४९ जनाले उम्मेदवारी फिर्ता लिएका हुन् ।
भट्टराईका अनुसार ५ जनाविरुद्ध दाबी विरोध दर्ता भएको थियो । तीमध्ये १ जनाको उम्मेदवारी खारेज भएको छ भने बाँकी ४ जनाको उम्मेदवारी यथावत छ ।