Butwal Today

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको नयाँ निर्देशक डा. बास्तोला

८ माघ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

 नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले सभापति गगन थापालाई आउँदो प्रतिनिधि सभाको निर्वाचनमा भावी प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने भएको छ ।

शुक्रबार दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बोलाइएको केन्द्रीय कार्यसमितिको बैठकबाट सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा घोषणा गर्ने तयारी भइरहेको कांग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।

सभापति थापाको सचिवालयका अनुसार, पार्टीले भावी प्रधानमन्त्रीको घोषणा गरेपछि उनी आफ्नो चुनावी क्षेत्र सर्लाही–४ मा जाने कार्यक्रम तय गरेका छन् ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि सभापति थापाले वारेसमार्फत सर्लाही–४ मा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका मधेस प्रदेश सभा सदस्य वीरेन्द्र सिंहको टोलीले माघ ६ गते सर्लाही–४ स्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएको थियो ।

गत पुस ३० गते विशेष महाविधेशनले शेरबहादुर देउवा नेतृत्वको कार्यसमिति विघटन गरी गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो ।

पार्टीको आन्तरिक कलहका कारण नवनिर्वाचित कार्यसमितिले अबसम्म केन्द्रीय कार्यालय, सानेपामा नगई बाहिर बैठक गर्दै आएको थियो । नयाँ कार्यसमितिको पहिलो बैठक यसै शुक्रबार सानेपामा बस्न लागेको छ ।