Butwal Today

कीर्तिपुर क्रिकेट रंगशाला राष्ट्रिय प्राथमिकतामा सूचीकृत

८ माघ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ, ८ माघ ।

 सरकारले कीर्तिपुरस्थित क्रिकेट रंगशालालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको छ ।

सहरी विकास मन्त्रालयले यो आयोजनालाई राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा सूचीकृत गरेको हो । वर्तमान सरकारले असोजको अन्तिम साता त्रिवि क्रिकेट रंगशालाको गुरुयोजना स्वीकृत गर्दै नयाँ सम्झौताका लागि सरोकारवाला निकायलाई निर्देशन दिएको थियो ।

मन्त्रिपरिषद् बैठकले गुरुयोजनाअनुसार आवश्यक जग्गा प्राप्त गर्न कानुन अनुसार त्रिवि, युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् सहित सम्बन्धित निकायलाई निर्देशन दिएको थियो ।

सहरी विकास मन्त्रालयका अनुसार स्वीकृत गुरुयोजनाअनुसार यस संरचनामा थप १० अर्ब रुपैयाँ लगानी गर्ने योजना रहेको छ । यसपछि रंगशालाको क्षमता अभिवृद्धि भएर अत्याधुनिक बनाउने लक्ष्य राखिएको छ ।