Butwal Today

सुनको मूल्य आज तोलामा २ हजार ९ सय रुपैयाँले घट्यो

८ माघ २०८२, बिहीबार
अ+
अ-

काठमाडौँ ।

हिजो कीर्तिमान बनाएको सुनचाँदीको भाउ आज घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा २ हजार ९ सय रुपैयाँले घटेर तोलाको २ लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ अहिलेसम्मकै उच्च तोलाको २ लाख ९५ हजार १ सय रुपैयाँ पुगेको थियो ।

यसैगरी आज चाँदीको भाउ पनि घटेको छ । चाँदी तोलामा ५० रुपैयाँले घटेर आज तोलाको ५ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ अहिलेसम्मकै उच्च तोलाको ५ हजार ९ सय २० रुपैयाँ पुगेको थियो ।