Butwal Today

कांग्रेस नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज

८ माघ २०८२, बिहीबार
अ+
अ-

बुटवल । नवलपरासी पश्चिम क्षेत्र नम्बर २ मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द भएको छ । कांग्रेस नेता कँडेलको उम्मेदवारी खारेज भएको मुख्य निर्वाचन अधिकृतको कार्यालय पश्चिम नवलपरासीले जानकारी दिएको हो ।

क्षेत्र नम्बर २ मा कांग्रेसका लुम्बिनी प्रदेश समितिका सदस्य भीमबहादुर थापा र कँडेलले मनोनयन दर्ता गराएपछि आधिकारिकताको विषयमा विवाद देखिएको थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार थापाको उम्मेदवारी कायम राख्दै कँडेलको उम्मेदवारी रद्द गरिएको हो ।

जिल्लाको क्षेत्र नम्बर १ र २ ले उम्मेदवारको नामावली प्रकाशन गरेको छ । कुल ५७ उम्मेदवारमध्ये ५५ जनाको मात्र उम्मेदवारी कायम भएको छ ।