© 2026
काठमाडौँ ।
भारतका ओपनर ब्याटर अभिषेक शर्मा टी–२० क्रिकेटमा सबैभन्दा छिटो ५ हजार रन बनाउने खेलाडी बनेका छन् ।
हिजो घरेलु मैदान नागपुरमा न्युजिल्यान्डसँग भएको पहिलो टी–२० अन्तर्राष्ट्रिय खेलमा ८४ रन बनाउँदै २५ वर्षीय शर्माले यो उपलब्धि हासिल गरेका हुन् । शर्मा २ हजार ८ सय ९८ बलमा ५ हजार रन पुरा गर्ने सबैभन्दा छिटो खेलाडी बनेका छन् ।
यसअघि वेस्ट इन्डिजका आन्द्रे रसेलले २ हजार ९ सय ४२ बलमा ५ हजार रन पूरा गरेका थिए । त्यस्तै, अस्ट्रेलियाका टिम डेभिडले ३ हजार १ सय २७ बल, इङ्ग्ल्यान्डका विल ज्याक्सले ३ हजार १ सय ९६ बल र अस्ट्रेलियाकै ग्लेन म्याक्सवेलले ३ हजार २ सय ३९ बलमा ५ हजार रन पूरा गरेका थिए ।
टी–२० शृङ्खलाको पहिलो खेलमा घरेलु टोली भारतले न्युजिल्यान्डलाई ४८ रनले हराएको थियो ।