ट्रेंडिंग:

>> मनोनयन दर्ताको पहिलो दिन उम्मेदवारविरुद्ध केवल ५ उजुरी दर्ता >> डा. कृष्ण पौडेल स्वास्थ्य बीमा बोर्डको निमित्त कार्यकारी निर्देशकमा नियुक्त >> सार्वजनिक ऋण २८ खर्ब नाघ्यो, ६ महिनामा १ खर्ब ३२ अर्ब बढ्यो >> नेप्से परिसूचकमा सामान्य करेक्सन, बुधबार ९.४३ अंकले घट्यो >> अमेरिकाले फेरि ८० नेपाली नागरिक डिपोर्ट गर्यो >> मौसमविद्हरूको अनुमान: शुक्रबारदेखि वर्षा र चिसो बढ्ने >> निर्वाचनको बेला १० दिनमै पेट्रोलियम पदार्थको खपत २५ प्रतिशतसम्म बढ्ने अनुमान >> जापानका पूर्वप्रधानमन्त्री आबेको हत्या गर्ने व्यक्तिलाई आजीवन कारावास >> निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि ‘कल सेन्टर’ स्थापना गर्‍यो >> निर्वाचनमा ‘राइट टु रिजेक्ट’ मुद्दाः सर्वोच्च अदालतले माग्यो आयोगसँग लिखित जवाफ >> दक्षिण कोरियाका पूर्वप्रधानमन्त्री हान डकसुलाई २३ वर्ष जेल सजाय >> उज्यालो नेपाल पार्टीले सार्वजनिक गर्‍यो १२० उम्मेदवारको नामावली >> बर्दघाट एक्सपोको तयारी तीव्र >> २ लाख ९५ हजार नाघ्यो सुनको मूल्य, एकैदिन तोलामा १० हजार ४ सयको वृद्धि >> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा

निर्वाचनमा ‘राइट टु रिजेक्ट’ मुद्दाः सर्वोच्च अदालतले माग्यो आयोगसँग लिखित जवाफ

७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

काठमाडौँ ।

निर्वाचनमा उम्मेदवारलाई ‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नभएको भन्दै सर्वोच्च अदालतले निर्वाचन आयोगसँग लिखित जवाफ मागेको छ ।

सर्वोच्च अदालतबाट यसअघि ‘राइट टु रिजेक्ट’को व्यवस्था गर्न आदेश दिइएको भए पनि त्यसको कार्यान्वयन नभएको दाबी गर्दै दायर गरिएको रिट निवेदनमा न्यायाधीशद्वय तिलप्रसाद श्रेष्ठ र मेघराज पोखरेलको इजलासले निर्वाचन आयोगलाई महान्यायाधिवक्ता कार्यालयमार्फत लिखित जवाफ पेस गर्न आदेश दिएको हो ।

‘राइट टु रिजेक्ट’को व्यवस्था कार्यान्वयन नभएपछि अधिवक्ता श्रीना नेपालसहितले सर्वोच्च अदालतमा अवहेलना निवेदन दर्ता गरेका थिए । सर्वोच्चले दुई पटक निर्वाचनमा ‘राइट टु रिजेक्ट’को व्यवस्था गर्न आदेश दिए पनि त्यसको कार्यान्वयन नभएको भन्दै अवहेलना मुद्दा दर्ता गरिएको हो ।

सर्वोच्च अदालतले २०७० र २०७३ सालमा यस विषयमा समान आशयको फैसला सुनाएको थियो । २०७३ फागुन १३ गतेको फैसला कार्यान्वयन नभएको भन्दै कारबाहीको मागसहित अधिवक्ता भद्रप्रसाद नेपाल स्वागतले सर्वोच्चमा दोस्रो पटक मुद्दा दर्ता गराएका थिए ।

त्यस्तै, २०७९ वैशाख १५ को स्थानीय तह निर्वाचनअघि पनि अदालतको फैसला अनुसार कानुन नबनेको भन्दै अधिवक्ता नेपालले अदालतको अवहेलना सम्बन्धी मुद्दा दायर गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?