© २०२३
काठमाडौँ ।
यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) चैत १९ देखि २९ गतेसम्म सञ्चालन हुने निर्णय भएको छ । राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी भक्तपुरले आज परीक्षा तालिका सार्वजनिक गरेको हो ।
यस पटक एसईई परीक्षाको लागि ५ लाख १७ हजार विद्यार्थीले परीक्षा फारम भरेका छन् । २१ फागुनमा हुने प्रतिनिधिसभा चुनावका कारण बोर्डले एसईई परीक्षा केही दिन पछि सारिएको हो ।
सामान्यतया राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षा चैतको पहिलो साता सञ्चालन गर्दै आएको छ । निर्वाचनका लागि मतपत्र र परीक्षाको प्रश्नपत्र जनक शिक्षा सामग्री केन्द्रबाट छपाइ हुने भएकाले परीक्षा तालिकामा परिमार्जन गरिएको बोर्डले जनाएको छ ।