ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु

देशव्यापी मनोनयनले बढाएको उत्साह

७ माघ २०८२, बुधबार
७ माघ २०८२, बुधबार

मंगलबार भएको उत्साहजनक मनोनयनले मुलुक निर्वाचनमय बनेको महसुस भएको छ ।

निर्वाचन हुँदैन कि भन्ने आशङ्का अव करिब समाप्त भएको छ । सरकारदेखि निर्वाचन आयोग र राजनीतिक दलहरू सबै अब निर्वाचनमा होमिएका छन् । सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्ने दायित्व मुलुकले सुम्पिएको छ ।

गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनको परिणाम स्वरूप फागुन २१ गते नयाँ जनमतका लागि निर्वाचन हुँदै छ । जे होस मुलुक निर्वाचनमय भएको छ । सरकारका मन्त्रीहरू समेत राजीनामा दिँदै उम्मेदवार बनेकोले अव सरकारले निर्वाचन गराउँदैन कि भन्ने भ्रम समाप्त भएको छ ।

निर्वाचित जनप्रतिनिधिको समय पूरा नहुँदै संसद् भङ्ग भएपछि सुरु हुन लागेको यो निर्वाचन विशेष परिस्थितिमा भैरेकोले अव आउने जनमतले देशको मुख्य एजेन्डा सम्बोधन गर्ने विश्वास गरिएको छ । खास गरी जेनजी आन्दोलनले मुलुकबाट भ्रष्टाचार नियन्त्रण र कुशासन अन्त्यको जुन बिगुल फुकेको थियो, यो निर्वाचनले त्यही एजेन्डा पूरा गर्ने विश्वास गरिएको छ ।

अव मुलुक मुलुक निर्वाचनमा होमिइसकेको भन्दा अतिशयोक्ति हुँदैन । आम निर्वाचन भनेको राष्ट्रिय समस्यासँग सम्बन्धित र विकास निर्माणसँग सोझै जोडिएको निर्वाचन हो । त्यसैले यसमा जनतालाई मताधिकारबाट रोक्ने कार्य कसैबाट पनि हुन सक्दैन । त्यो कामपनि नगरौं ।

यो निर्वाचनमा ठूला–ठूला कुरा गर्ने भन्दा पनि आम रूपमा देशको समस्या के के हुन् र तिनको समाधानका लागि कुन पार्टीको उम्मेदवारसँग के वस्तुगत एजेन्डा छन्, त्यसको निक्र्यौल गरेर जनताले आफ्ना प्रतिनिधि चयन गर्नु बैधानिक र बिधिसम्मत हुन्छ ।

जुन एजेन्डा व्यावहारिक पनि हुनुपर्यो । ठूला कुरा गरेर एक–आपसमा हिलो छ्याप्ने तर केही पनि नगर्नेहरूलाई सजाय दिने यो जनतालाई प्राप्त अवसर पनि हो । त्यसैले अबको निर्वाचनमा सत्ता लुछाचुँडी भन्दा पनि विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण र समृद्धिलाई ध्यान दिने उम्मेदवारलाई छनौट गर्ने आम मतदाताको तीब्र चाहना छ ।

मतदाताले आफ्ना उमेदवारसंग यसअघि कुनै दलका तर्फबाट कुनै आश्वासन बाँडिएका छन् र ती पूरा भएका छैनन् भने किन भएन भनेर ती दलका उम्मेदवारसंग सोध्न र प्रश्न गर्ने साहस गर्नु जरुरी छ । त्यसले मतदाताको जागरुकता र उमेदवारलाई बढी जवाफदेही बनाउने निश्चित छ ।

यो निर्वाचन गोप्य मतदान भएकोले निर्धक्क भएर सबै जनता निर्वाचनमा आफूलाई मन पर्ने उमेदवारलाई मतदान गर्नुपर्दछ । झै–झगडा गर्ने र एक–आपसमा निर्वाचन आयोगले तोकेको भन्दा बाहिर गएर तनाव सिर्जना गर्ने वा आचारसंहिता उल्लंघन गर्नेहरूलाई जनताले सजाय दिने मौका पनि यही हो ।

वास्तविक रूपमा आफ्नो क्षेत्रको विकासको लागि को लागिपरेको छ, उसलाई पुरस्कृत गर्ने मौका पनि यही हो । त्यसैले जनसमुदायले सचेत भएर निर्वाचनको यो महोत्सवमा सहभागी हुनु जरुरी रहेको छ । कसैलाई मुलुकको यथास्थितिमा चित्त बुझेको छैन भने मतदानमार्फत विद्रोह गर्ने समय पनि यही हो । त्यसैले फागुन २१ गते हुने निर्वाचनमा मतदाताले यो उपयुक्त अवसर गुमाउनु हुँदैन ।

मंगलवार मनोनयन दर्ता भैसकेकोले अब मुुलुकभर निर्वाचनको वातावरण तयार भैसकेको छ । निर्वाचन जनताको जनादेश लिने सबैभन्दा महŒवपूर्ण अवसर पनि भएकोले कोहीपनि नचुकौं र नछुटौं । निर्वाचनको प्रचार प्रसारको क्रममा दल र उम्मेदवारहरूले झिना–मसिना कुरामा झगडा गरेर अवस्थालाई तनावपूर्ण बनाउने काम गर्नु हुँदैन ।

जनतालाई शान्तिपूर्ण ढंगले आफ्नो विवेक प्रयोग गर्ने वातावरण सिर्जना गर्न सबै पक्ष लाग्नु जरुरी छ । खासगरि राजनैतिक दल, सरकार लगायतका निर्वाचन आयोग र उम्मेदवारहरू आफैले पनि जनताको यो अधिकारको सम्मान गर्दै मुलुकलाई निर्वाचनमय बनाउनेतर्फ सहजता प्रकट गर्नुपर्दछ । सार्वभौमसत्ता जनताको मताधिकारको अधिकार प्रयोग गर्ने अवसरलाई बञ्चित गर्ने काम पनि नगरौं ।

मुलुक निर्वाचनमय वनेकोले अब स्वच्छ, निष्पक्ष, धाँधलीरहित निर्वाचनको अपेक्षा गरौं । निर्वाचनमार्फत आफ्ना प्रतिनिधि चुन्ने अवसरबाट कोही बञ्चित नहोऔं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?