Butwal Today

अमेरिकाले फेरि ८० नेपाली नागरिक डिपोर्ट गर्यो

७ माघ २०८२, बुधबार
अ+
अ-

 काठमाडौं ।

अमेरिकाले फेरि ८० नेपाली नागरिकलाई डिपोर्ट गरेको छ । मंगलबार चार्टर विमानमार्फत ती नेपालीलाई काठमाडौं ल्याएर छाडिएको हो ।

अध्यागमन विभागका प्रवक्ता टिकाराम ढकालका अनुसार डिपोर्ट हुनेमा ७९ पुरुष र १ महिला रहेका छन् । उनीहरूमा केहीको कागजात नबनाएको, गैरकानुनी रुपमा बसोबास गरेको वा अमेरिकाको अध्यागमन कानून उल्लंघन गरेको मुद्दा रहेको बताइएको छ ।

डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाइएको थियो । ब्युरोका अधिकारीहरूले उनीहरूसँग सोधपुछ गरी परिवारको जिम्मा लगाएका छन् । साथै, यदि कोही गैरकानुनी रुपमा अमेरिका पठाइएको भए उजुरी दिन पनि उनीहरूलाई अनुरोध गरिएको छ ।

अमेरिकाले यसअघि पनि चरणबद्ध रूपमा नेपाली नागरिकहरूलाई डिपोर्ट गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?