© २०२३
आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि देशभरि आज उम्मेदवारी मनोनयन दर्ता भइरहेको छ । निर्वाचन सम्पन्न भएपछि स्थिरता ल्याउने अपेक्षामा सेयर बजारका लगानीकर्ताहरूले सकारात्मक संकेत देखाएका छन् ।
आज मंगलबार सेयर बजार ४२.२६ अंकले बढेर २७१४.८१ बिन्दुमा पुगेको छ, जुन १.५८ प्रतिशत वृद्धि हो । आज सबै उपसूचकमा हरियाली देखिएको छ ।
सबैभन्दा बढी (३.३६ प्रतिशत) होटल र पर्यटन उपसूचकमा लगानीकर्ताले लाभ कमाएका छन् । मंगलबार कुल ३३९ धितोपत्रको १ लाख १५ हजार १८१ कित्ता सेयर किनबेच भएको छ, जसको कारोबार रकम ११ अर्ब ८५ करोड रुपैयाँ नाघेको छ ।
आज सबैभन्दा बढी मूल्य वृद्धी गुर्खाज फाइनान्सको सेयरमा देखिएको छ, जसको मूल्य १० प्रतिशतले बढेको छ । यसबाहेक आँखुखोला जलविद्युत् कम्पनी, राप्ती हाइड्रो, नेसनल हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्ट जस्ता धितोपत्रको मूल्य पनि बढेको छ ।
सबैभन्दा धेरै घाटा भने एसबीएल डिबेन्चरमा देखिएको छ, जसको मूल्य ४.२३ प्रतिशतले घटेको छ । प्राइभ डिबेन्चर, सुपरमादी हाइड्रो र सामलिङ पावर लगायतका धितोपत्रको मूल्य पनि घटेको छ । आज सबैभन्दा धेरै कारोबार एनआरएन इन्फ्रास्ट्रक्चर एन्ड डेभलपमेन्टको भएको छ ।