© २०२३
पर्सा जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसँग १ करोड रुपैयाँ धरौटी माग्ने आदेश दिएको छ ।
मंगलबार सहकारी ठगी मुद्दामा लामिछानेलाई पर्सा जिल्ला अदालतका न्यायाधीश रुद्रप्रसाद सुवेदीको इजलासले १ करोड रुपैयाँ धरौटी माग्ने आदेश जारी गरेको हो ।धरौटी बुझाउने प्रक्रिया हाल पर्सा जिल्ला अदालतका तहसिलदार देवराज भट्टराईको निगरानीमा रहेको जानकारी दिइएको छ ।