Butwal Today

एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली

६ माघ २०८२, मंगलवार
अ+
अ-

बुटवल। नेकपा एमालेमा टिकटको विषयलाई लिएर विवाद सिर्जना भएपछि रूपन्देही र पाल्पाका केही उम्मेदवार फेरबदल गरेको छ। पाल्पा २ मा ठाकुर गैरेलाई टिकट नदिएर एमाले उपाध्यक्ष विष्णु पौडेलाई टिकट दिएपछि रुपन्देही र पाल्पामा विवाद सिर्जना भएको थियो।

रुपन्देही २ मा पौडेललाई टिकट दिएपछि पाल्पामा एमालेले रामबहादुर राउतलाई टिकट दिने भनिएको थियो। उनको टिकट पनि रोकेर ठाकुर गैरेलाई नै टिकट दिने निर्णय भएको  एमाले लुम्बिनी प्रदेश कमिटी अध्यक्ष राधाकृष्ण कँडेलले बताए।

नेकपा एमालेबाट रूपन्देहीको क्षेत्र नं ४ मा हजरत अली उम्मेदवार बन्ने भएका छन्।

उक्त निर्वाचन क्षेत्रमा यसअघि जिल्ला कमिटी उपसचिव सुनिता ठठेरलाई उम्मेदवार बनाउने निर्णय भएपनि अन्तिम समयमा आएर उनको टिकट फिर्ता गरी अलीलाई दिने निर्णय भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?