लमही, ६ माघ ।
नेपाली कम्युनिस्ट पार्टीका नेता तथा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
दाङ क्षेत्र नम्बर १ स्थित लमहीमा निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उनले स्वतन्त्र रूपमा मनोनयन दर्ता गराएका हुन । पार्टीले मेटमणि चौधरिलाई टिकट दिएपछि पूर्व माओवादी पक्ष असन्तुष्ट छन् ।
उम्मेदवारी दर्तापछि केसीले देउखुरीमा प्रदेश राजधानी स्थापना गरेर इतिहास रचेको र अब समग्र विकासमा साझा नेतृत्वको रूपमा आफूले योगदान गर्न चाहेको बताए ।